४ कार्तिक २०८३, बुधबार

बेइजिङको नयाँ विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तियानजिन, चीन, ६ असार । बेइजिङको दासिङ अन्तर्रा्ष्ट्रिय विमानस्थलले झण्डै छ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ ।

विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो ।

चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताउनुभयो ।

अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्रा्ष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

बेइजिङ क्यापिटल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप यो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै दश करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । –रासस