
काठमाडौं । वर्ल्ड कनेक्सन युएस इन्कले गर्ने वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ को आवेदन खुलेको छ ।
विश्व संगीत दिवसको दिनको अवसर पारी आवेदन खुला गरिएको हो । नेपाली गीतसंगीतलाई विश्व बजारमा चिनाउँदै नेपाली संस्कृति, पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउदै धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रबर्धन गर्ने उदेश्यले यस म्युजिक अवार्ड गर्न लागिएको वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङ गेलु शेर्पाले बताए ।
उक्त अवार्ड विदेशमा गरिएका नेपाली गीत–संगीतसँग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा ठूलो हुने कुरा समेत शेर्पाले बताए ।
अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । अनलाइन मार्फत समेत फर्म भर्न सकिने छ । जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउने ब्यबस्था गरिएको छ ।
सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने छ । सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । अर्वाडको फाइनल कार्यक्रम नोभेम्बर २३ मा जानकारी अवार्डका संयोजक सुमन बुढाले जानकारी गराए ।
उत्कृष्ट पाश्र्व गीत (पुरुष र महिला), भाषाभाषीका चलचित्रका गीत (पुरुष र महिला), आधुनिक गीत (पुरुष र महिला), लोक दोहोरी गीत (पुरुष र महिला), लोक गीत (पुरुष र महिला), गीतकार, संगीतकार, म्युजिक भिडियो निर्देशन, संगीत संयोजन, लोपन्मुख गीत (पुरुष र महिला), पप गीत (पुरुष र महिला), लोक गीत लय संकलक र म्युजिक भिडियो मोडल (पुरुष र महिला) गरी १३ विधामा अवार्ड दिइने वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९का संयोजक सुमन बुढा बताउँछन् ।
वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ को आबेदन दर्ता फर्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल चलचित्र कलाकार संघ, नेपाल गीतकार संघ, नेपाल बाद्य बादन संघ, नेपाल संगीतकार संघ, आदिवासी जनजाति चलचित्र महासंघ, नेपाल प्रस्तोता समाज, नेपाली अमेरिकन कलाकार संघ, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अन्तर्राष्ट्रिय कलाकार मंच (इनास), नेपाल म्युजिक भिडियो कलाकार संघ, रोयल्टी संकलन समाजमा उपलव्ध हुने जनाइएको छ ।















प्रतिक्रिया