
सुन्दरबजार, ६ असार । लमजुङको व्यापारीक एवम् शैक्षिक केन्द्र सुन्दर बजारमा स्थापित लायन्स क्लब अफ सुन्दरबजारको ११ औं अधिवेशनले सुन्दरबजारका समाजसेवी, उद्यमी तथा शैक्षिक अभियान्ता विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
अध्यक्ष लायन लाल बहादुर बि. क. को अध्यक्षतामा भएको एघारौं अधिवेशनले लायन बर्ष २०१९ र २० को लागि सो क्लवका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित क्लबको समितिमा इमेडियट पास्ट प्रेसिडेन्टमा लायन लाल बहादुर बि.क., प्रथम उपाध्यक्ष मा लायन ज्ञानेन्द्र शर्मा, द्वितीय उपाध्यक्ष मा लायन निर्मल गौली, तृतीय उपाध्यक्षमा लायन सुदर्शन जोशी, सचिबमा लायन श्री कृष्ण अधिकारी, कोषाध्यक्षमा लायन बिकास श्रेष्ठ, पिआरओ. मा लायन दण्ड बाहादुर सुनार, टेल ट्विस्टरमा ज्ञान बहादुर नेपाली, एल सि आइ एफमा लायन रामबाबु श्रेष्ठ र सदस्य मा लायन हरि कृष्ण पन्त चयन भएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र शर्माले बताए ।
शर्माले विभिन्न कार्य योजना बनाई जिम्मेवारी बाडफाड गरि लायन्स क्लब अफ सुन्दर बजार लाई गतिशील बनाइने प्रतिबद्धता जनाएका छन् ।












प्रतिक्रिया