४ कार्तिक २०८३, बुधबार

कोपा फुटबलमा जापान र उरुग्वे बराबरीमा रोकिए

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा उरुग्वे जापानसँग बराबरीमा रोकिएको छ । समूह सी अन्तर्गतको खेलमा आमन्त्रित टिम जापानले उरुग्वेलाई २-२ को बराबरीमा रोकेको हो ।

जापानका लागि कोजी मियोशीले दुवै गोल गरेका हुन् । उरुग्वेका लागि लुइस स्वारेज र जोसे गिमेन्जेले गोल गरे । २५ औँ मिनेटमा कोजीको गोलबाट जापानले सुरुवाति अग्रता लियो । ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले उरुग्वेका लागि बराबरी गोल फर्काए ।

५९ औँ मिनेटमा कोजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः जापानलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा जोसेले उरुग्वेका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

पहिलो खेलमा इक्वेडरमाथि ४-० को जित निकालेको उरुग्वे दोस्रो खेलमा बराबरी गरेपछि चार अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा चिलेसँग ४-० ले पराजित भएको जापान दोस्रो खेलमा बराबरी गरेर एक अंक जोड्न सफल भएको छ ।