३० आश्विन २०८३, शुक्रबार

आईएमई ग्रुपले स्कर्ट व्राण्डका निर्माण सामाग्री नेपाल भित्र्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ime-automobile

काठमाडौं, ५ फागुन । आईएमई अटोमोटिभ्सले स्कर्ट व्राण्डका निर्माण सामाग्री नेपाल भित्र्याएको छ ।

आईएमई ग्रुप अन्तर्गतको अटोमोवाईल सेवा प्रदायक कम्पनी आईएमई अटोमोटिभ्सले विश्वव्यापी रुपमा निर्माण सामाग्री उत्पादनमा ख्याति कमाएको स्कर्ट व्राण्डका निर्माण सामाग्रीहरु नेपाल भित्र्याएको हो ।

स्कर्ट लिमिटेडले भारतको फरिदाबाद कारखानाबाट निर्माण भएका भ्याकु डोजर, डोजर, क्रेन, रोलर, फोर्क लिफ्ट जस्ता निर्माण सामग्रीहरु नेपाल भित्र्याएर खरिद विक्री कारोवार सुरु गरेको हो ।

आईएमई अटोमोटिभ्सले स्कर्ट व्राण्ड निर्माण सामाग्रीको नेपाल स्थित शाखा स्वरुम राजधानीको गोंगबुमा मंगलबारबाट सञ्चालनमा आएको हो ।

मंगलबारदेखि गोंगबुमा सञ्चालनमा आएको शाखा स्वरुमको आईएमई गु्रपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, स्कर्ट निर्माण सामाग्री कम्पनीका सिइओ सुनिल सक्सेना, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन, नेपाल युवा कन्स्ट्रक्सन व्यवसायी संघका अध्यक्ष निकोलस पाण्डे र नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष श्री तारा बहादुर कुँवरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा कन्स्ट्रक्शनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाले निर्माणसँग सम्बन्धीत यस्ता निर्माण सामाग्री स्वरुमले देश विकासमा धेरै ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

कुनै पनि देश विकासको सुरुवात त्यस क्षेत्रमा रहेको सडक निर्माणबाटै सुरुवात हुने हुदाँ र सडक निर्माणका काममा काममा स्कर्ट व्राण्डका निर्माण सामाग्री निर्माण भरपर्दाे गुणस्तरीय हुने उहाँको भनाई थियो ।

उद्घाटन समारोहमा स्कर्ट निर्माण सामाग्री लिमिटेडका सिइओ सुनिल सक्सेनाले आईएमईसँगको साझेदारीमा नेपालमा स्कर्ट व्राण्डका निर्माण सामाग्रीहरुको कारोवारले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्कर्ट कम्पनीका निर्माण सामाग्रीहरु गुणस्तरीय भएकाले ग्राहकहरुले बिक्री पछिको राम्रो सेवा–सुविधा प्राप्त गर्ने उहाँको धारणा छ । कर्पोरेट कार्यालय आइएमई कम्प्लेक्स, पानीपोखरीमा भएको आइएमई अटोमोटिभ्सले गंगबुमा अवस्थित अत्याधुनिक शोरुमबाट स्कर्ट ब्राण्डका सबै निर्माण सामाग्रीको कारोवार सुरु गरेको हो ।

साथै आइएमई अटोमोटिभ्सले नेपाल भरी आफ्ना शाखा कार्यालयमा अत्याधुनिक वर्कशपबाट बिक्री पछिको सेवा ‘सस्तो र सुलभ’ किसिमबाट दिने योजना समेत अघि सारेको छ ।

आईएमई अटोमोटिभ्सले ग्राहकहरुलाई फिल्ड सर्भिस समेत दिनेछ । आईएमई अटोमोटिभ्सले यस भन्दा पहिले देखि नै भारतको इसर गु्रप अन्तर्गतको एएमडब्लस लिमिटेड कम्पनीले उत्पादन गर्ने ट्रक, टिप्पर, ट्रेलरहरुको नेपालका लागि अधिकृत बिक्रेताको रुपमा काम गरिसकेको छ ।

आईएमई समुह, नेपालको विप्रेषण र बैकिङ्गको क्षेत्रमा गहिरो अनुभव भएको र उच्च व्यवसायीकता भएको समुह हो । जसले भर्खर केही बर्ष अघि मात्र आफनो व्यवसायिक क्षेत्रलाई फराकिलो बनाउदै अटोमोवाइल्स क्षेत्रमा समेत आफनो उपस्थिति बढाउदै गएको आइएमई अटोमोटिभ्स्का प्रमूख कार्यकारी अधिकृत कपिल शिवाकोटीले जानकारी दिनुभयो ।

स्कर्ट व्राण्डका निर्माण सामाग्रीहरु दशकौंदेखि निर्माण तथा उत्पादन क्षेत्रमा कार्यरत गुणस्तरीय विश्वासिलो उपकरण हो । स्कर्ट लिमिटेडले विश्वका ४० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्माण सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ ।