१० कार्तिक २०८३, मंगलबार

एमाले केन्द्रीय कार्यदलको बैठकले के के निर्णय गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml meeting

काठमाडौं, ५ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गर्न मंगलबार शीर्ष नेताहरू सम्मिलित कार्यदलको बैठक ओली निवास बालकोटमा सम्पन्न भएको छ ।

भोलि पुनः बस्ने पार्टीको स्थायी समितिमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेलबीच मंगलबारको बैठकमा छलफल भएको हो ।

छलफलमा भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशीका आधारमा कार्य विभाजन गर्न न्यूनतम् मापदण्ड बनाई जिम्मेवारी तोक्न छलफल भएको पार्टीका महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो ।

कार्य विभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् ।

गत असारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरूले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजनअनुसार काम गर्दै आएका छन् । भोलीको बैठकले कार्यसमितिको टुङ्गो लगाउने तयारी पूरा भएको महासचिव पोखरेलले बताउनुभयो ।

यसअघि बसेको बैठकमा शीर्ष नेतृत्वबीच सहमति हुन नसकेपछि बनाइएको कार्यदलको बैठक आज बसेको हो ।