१८ कार्तिक २०८३, बुधबार

बलात्कार, लागुऔषध, ठगी, जुवा तास लगायत अपराधमा संलग्न पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ४ असार ।  प्रहरी प्रधान कार्यालय, काठमाडौँका अनुसार देशका विभिन्न क्षेत्रमा फरक फरक अपराधमा संलग्नलाई पक्राउ गरिएको छ ।

स्रोत खुलाउन नसकेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ
पर्साकाे वीरगंज महानगरपालिका ८ घण्टाघरबाट स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँ ३ लाख ३० हजार ९ सय ९० र नेपाली रुपैयाँ ३१ हजार ३ सय २० सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका २ भेडियाही बस्ने ३० वर्षीय कामेश्वर साह कलवार रहेका छन् ।

उक्त स्थानमा रहेको शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा खानतलासी गर्दा स्रोत खुलाउन नसकेको उक्त रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

भन्सार छलेर अवैध रुपमा लैजान लागेको मदिरा सहित पक्राउ 
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ बाट सोही नगरपालिका ४ का ३७ बर्षीय अशोक कुमार यादबलाई भन्सार छलि अवैध रुपमा लैजान लागेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा भन्सार छलेर नेपालबाट भारततर्फ वैलगाडामा राखी लैजादै गरेको अवस्थामा उक्त मुल्य बराबरको कस्तुरी नामक मदिरा १७ कार्टुन र मामा श्री नामक मदिरा १२ कार्टुन ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट खटिएको प्रहरी टोलीले फेला पारी यादवलाई पक्राउ गरेको हो ।

त्यसैगरी राजगण गाउँपालिका २ स्थित बनैनियाबाट नेपालबाट भारततर्फ भन्सार छलेर अवैध रुपमा २ वटा साईकलमा लैजादै गरेको करिब ६ हजार मूल्य बराबरको माल श्री नामक ६ कार्टुन मदिरा सहित २ जनालाई प्रहरी चौकी झुटकी, सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सुपौल ग्राम पंचायत बनेनिया बस्ने ५० बर्षीय अम्बु यादब र ५५ वर्षीय मोहमद नसिर अहमद रहेका छन् ।

नियन्त्रित लागूऔषध सहित पक्राउ
त्यसैगरी सप्तरीकै डाक्नेश्वरी नगरपालिका ४ बाट नियन्त्रित लागूऔषध डाईलेक्स डि.सी. १४ थान, ईन्जेक्सन ६ थान र नाईट्रोजन १ सय १६ थान सहित भारत मधुवनी घर भएका ४० बर्षीय नवलकिशोर यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरी बाटो छेउमा सुतिरहेको अवस्थामा यादवलाई फेला पारी जाँच गर्दा उक्त परिमाणको नियन्त्रित लागूऔषध फेला परेको हो ।

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
काठमाडौं, ललितपुर, ललितपुर महानगरपालिका १३ नख्खु बस्ने ओमप्रकाश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १४ बस्ने ३७ वर्षीय सुमन कार्की समेत २ जनालाई नगद ३ लाख ६५ हजार रुपैयाँ, १६ थान कौडा र तीन बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका ८ सुन्दरमार्ग बस्ने ४५ वर्षीय नवराज थपलियाको किराना पसलमा जुवा तास खेलिरहेको अवस्थामा थपलिया समेत ९ जनालाई नगद ६ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ, १ सय ५९ पता तास र १६ थान कौडा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
वर्दियाको ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका ५ बदालपुर बस्ने ६८ वर्षीय लखन लाल चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं चक्रपथ बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका ९ घर भएका ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रहरीले बा.४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए ।