भक्तपुर, ५ फागुन । उद्योग मन्त्री महेश बस्नेतले सरकारले तीन महिनाभित्र संविधान बनाउने गरी दलहरुसंग वार्ता प्रक्रिया थालेको बताउनुभएको छ । उहाँले संविधान जारी गर्न सहमतिमा आउनका लागि आन्दोलनरत दलहरूलाई आग्रह गर्नुभयो ।
चाँगुनारायण नगरपालिका–५ झौखेलमा निर्माण हुन लागेको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर क्षेत्र विकास संस्थाको बहुद्देश्यीय भवनको शिलान्यास गर्दै उहाँले आन्दोलनबाट संविधान नआउने भएकाले सहमतिमा आउन आग्रह गर्नुभएको हो ।
मन्त्री बस्नेतले विपक्षी सबै दललाई समेटेर आगामी तीन महिनाभित्र कुनै हालतमा संविधान ल्याउने तयारीमा सरकार रहेको छ भन्नुभयो ।
विसं २०४७ सालको संविधान निर्माणमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले फरक मत लेखेर संविधान निर्माणमा बाधा नपुर्याए जस्तै अहिले पनि आन्दोलनमा गएका दलले चित्त नबुझेका विषयमा लिखित असहमति जनाएर संविधान निर्माण प्रक्रियामा बाधा नपुर्याउन आग्रह गर्नुभयो ।















प्रतिक्रिया