१ कार्तिक २०८३, आइतबार

भारतको न्यायपालिकाको स्वतन्त्रतामाथि खतरा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ४ असार । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईले न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको बताएका छन् । बढ्दै गएको लोकप्रितावादका कारण न्यायपालिकाको स्वतन्त्रता खतरामा परेको न्यायाधीश गोगोईले बताएका हुन् ।

संवैधानिक मूल्य जोखाउनका लागि लोकप्रितावादी शक्तिसँग न्यायपालिका निडर भएर खडा हुनु पर्ने उनले बताएका छन् ।

सांघाई कोअपरेशन अर्गनाइजेशन ९एससिओ० देशका प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मंगलबार सम्बोधन गर्दै न्यायधीश गोगोईले लोकप्रितावादमा न्यायाधीशलाई निच देखाउनका लागि वादका पक्षधरहरुले निर्वाचित बहुमतको फैसलालाई न्यायाधीशले उल्ट्याउन मिल्दैन भन्ने तर्क गर्ने गरेको बताए ।

विश्वभर नै अहिले न्यायपालिका दबाबमा रहेको उनले बताए । केही देशका न्यायपालिकाहरु लोकप्रियतावाद सामु झुक्नु दुःखको कुरा रहेको न्यायाधीश गोगोईले बताएका छन् ।