४ कार्तिक २०८३, बुधबार

बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको आयो अर्को धमाकेदार गीतको भिडियो

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै सुन्दरी मोडल अञ्जली अधिकारीको नेपाली मोडलिगंको क्षेत्रमा ब्यापक खोजी भइरहेको छ । चलचित्र प्रसादको बनकी चरी बोलको गीतमा पनि अभिनय गरेर वाहवाही बटुलेकी यि सुन्दरीले अभिनय गरेको अर्को म्यूजिक भिडियो अक्सर छाता छुट्ने गर्छ रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक भीम श्रेष्ठले बताए ।

भीम श्रेष्ठको समधुर स्वरमा सजिएको रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द शृजना समावेश छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत रहेको छ । सैलेन्द्रमान प्रधानको एरेन्ज रहेको गीतमा सुन्दरी अञ्जलीलाई प्रदीप लामाले अभिनयमा साथ दिएका छन् । भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका हुन् ।