२ कार्तिक २०८३, सोमबार

कार्लमाक्समाथि नेपालमा हत्या प्रयास भएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor

सुर्खेत, ५ फागुन । नेपालको सुर्खेत जिल्लामा कार्लमाक्सको हत्या प्रयास भएको छ । हत्या प्रयास गरिएका कार्लमाक्स कम्युनिष्टका संस्थापक नभई सुर्खेतको वीरेन्द्रनगर–६ गणेशचोकका कार्लमाक्स श्रेष्ठ हुन् ।

वीरेन्द्रचोक नजिक मंगलबार बिहान ५ बजे मोटरसाइकलमा आएका तीनजनाको अज्ञात समूहले श्रेष्ठमाथि तरबार प्रहार गरी हत्याको प्रयास गरेका हुन् ।

मध्यपश्चिम बस यातायात व्यवसायी सङ्घमा एरिया इन्चार्ज पदमा कार्यरत श्रेष्ठ बिहानै कार्यालय जाँदै गर्दा चोकदेखि उत्तरतर्फ कुरेर बसेको समूहले श्रेष्ठमाथि तरबार प्रहार गरेको थियो । तरबारको प्रहारले श्रेष्ठको बायाँ हात चुँडिएको छ भने दुईवटै खुट्टामा गहिरो चोट लागेको छ ।

आक्रमण गर्नेलाई पक्राउ गर्न खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशलाल कर्णले खोजी कार्य जारी राखिएको र अझैसम्मशङ्कास्पद कोही पक्राउ नपरेको बताउनुभएको छ । घाइते कार्लमाक्सलाई थप उपचारका लागि राजधानी ल्याइएको प्रहरीले जनाएको छ ।