२ कार्तिक २०८३, सोमबार

सरकारले कसरी मनाउदैछ पैंसठ्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Democracy-dayकाठमाडौँ, ५ फागुन । पैंसठ्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले समितिका सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलाई फागुन ७ गते नेपाली सैनिक मञ्चमा हुने कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवा, मजदुर, किसा, महिला, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी एवम् नागरिक समाज र उद्योग व्यवसायीका साथै सर्वसाधारण सबैलाई बिहीबार बिहान ८ः१५ बजे सहिदगेटमा जम्मा हुन पनि समितिले अनुरोध गरेको ।

समितिले जारी गरेको सूचनामा सहभागी हुन चाहने सबैलाई सहिदगेटमा जम्मा भई खिचापोखरी, जुद्धशम्शेरको सालिक, इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, विद्युत् प्राधिकरणको ढोका हुँदै सैनिक मञ्च पुग्न भनिएको छ ।

फागुन ६, ७ र ८ गते आ–आफ्नो कार्यालय एवम् घर-घरमा साँझ दीपावली गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्य रुपमा मनाउन पनि समितिले आह्वान गरेको छ ।