१० कार्तिक २०८३, मंगलबार

एमाओवादीले विद्रोह गर्छु भन्दैमा संविधान बनाउने प्रक्रिया रोकिन्न : शेरबहादुर देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaइलाम, ५ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाओवादीले आन्दोलनलाई विद्रोहमा परिणत गरेर संविधान बनाउन दिन्न भन्दैमा प्रक्रिया नरोकिने बताउनुभएको छ ।

उहाँले संविधान निर्माणको प्रक्रिया अगाडी बढीसकेकाले कुनै हालतमा पनि नरोकिने जिकिर गर्नुभयो । संविधान निर्माणका लागि सुरु भएको बहुमतीय प्रक्रिया नरोकिने उहाँको भनाई छ । आन्दोलनरत दलसँग वार्ता र संविधान निर्माणको प्रक्रिया सँगसँगै अघि बढ्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले मंगलबार इलाममा आयोजना गरेको कार्यकर्ता भेटघाटको अवसरमा बोल्दै देउवाले वार्ता र प्रक्रियासँगै अघि बढ्ने बताउनुभएको हो । वार्ता सँगसँगै प्रक्रिया पनि अघि बढ्छ, उहाँले भन्नुभयो, “नेपाली काँग्रेस सहमतिमै संविधान बनोस् भन्ने चाहन्छ ।”

प्रश्नावली समिति खारेज नहुने पनि उहाँको भनाइ छ । एमाओवादीले भनेजस्तो प्रश्नावली समिति खारेज हुँदैन, सहमतिका लागि केही दिन संविधानसभा स्थगन मात्र भएको हो उहाँले भन्नुभयो । एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले घुर्की लगाइरहेको आरोप पनि उहाँले लगाउनुभयो ।

देउवाले प्रधानमन्त्री सुशील कोइरालाले ३० दलीय मोर्चालाई वार्तामा बोलाइसकेको भन्दै मोर्चालाई वार्तामा आउनसमेत आग्रह गर्नुभयो । वार्तामा नआए अब धेरै दिन पर्खेर बस्न नसकिने उहाँले बताउनुभयो ।

आफ्नै पार्टीको नेतृत्वमा नयाँ संविधान जारी हुने उहाँले कार्यकर्तालाई बताउनुभयो । अहिलेकै सरकारले संविधान बनाउँछ, उहाँले भन्नुभयो । देउवाले संविधान निर्माणका लागि आफ्नो पार्टी हदैसम्म लचिलो हुन तयार रहेको बताउँदै मोर्चालाई वार्तामा बोलाउँदा समेत वार्तामा नआउनु दुःखको कुरा हो, भन्नुभयो ।