४ कार्तिक २०८३, बुधबार

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ असार । दक्षिण अफ्रिकाले आईसीसी विश्वकपमा पहिलो जित हात पारेको छ । चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएकाे छ ।

दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि यो विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम बनेको छ ।

अफगानिस्तानले दिएको १२६ रनको लक्ष्य दक्षिण अफ्रिकाले २७।४ ओरभमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककले ६८ रन बनाएका थिए ।

हसिम अमलासँग मिलेर डि ककले १०४ रनको साझेदारी गरेका थिए । हसिम अमलाले अविजित ४० रन बनाए ।

पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४।१ ओभरमा १२५ रनमा अलआउट भयो । उसका तीन जना खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके । सर्वाधिक रन राशिद खानले बनाए । उनले २५ बलमा ६ वटा चौका हान्दै ३५ रन बनाएका थिए ।

ओपनर नुर अलि जद्रानले ३२ र हज्रतुल्लाह जजाईले २२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले १० रन कटाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा रोक्नका लागि इम्रान ताहिरले चार विकेट लिए भने क्रिस मोरिसले तीन विकेट हात पारे । फेलुकवायोले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।