४ कार्तिक २०८३, बुधबार

प्रेम गीत-३ मा मनिष राउतको ईन्ट्रि, यस्तो देखियो ‘लुक्स’

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । आसुसेन फिल्मस् प्रोडक्सनले फिल्म ‘प्रेम गीत ३’ मा मुख्य भूमिकामा अभिनय गर्ने नायक सार्वजनिक गरेको छ । अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका मनिष राउत प्रेम गीत ३ का लागि फाइनल भएका हुन् ।

उनी यहि फिल्म मार्फत नेपाली फिल्म जगत प्रवेश गर्दै छन् । यद्पी,  मनिषले थुप्रै लघु फिल्म भने खेलिसकेका छन् । पहिलो र दोश्रो हिट भएको ‘प्रेम गीत’ सिरिजको तेश्रो श्रृंखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा प्रवेश गराइएको हो ।

निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो फिल्म आउँदाे चैत २८ गते प्रदर्शनमा आउने छ ।

फिल्मलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको फिल्मलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् ।

प्रेम गीत ३ को लागि लागि भर्खरै मात्रै नायिकाहरुको अडिसन सम्पन्न भएको छ । गीत चयनको अन्तिम प्रक्रिया चलिरहंदा निर्माण कम्पनीले नयाँ हिरो सार्वजनिक गरेको हो । प्रेम गीतमा प्रेमको भूमिकामा भने नायक प्रदीप खड्का यथावत् रनेछन् ।

फिल्ममा राजेश हमाल पनि जोडिने सम्भावना रहेको फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बताउदै आएका छन् ।