महेन्द्रनगर, ५ फागुन । शिवरात्रीको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा विशाल साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
झर्नासागर युवा समाजले बेल्डाँडी गाविस-९ स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा मंगलबार साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
शिवरात्रीको अवसरमा सुदूरपश्चिमेलीहरुको लोक संस्कृति संरक्षण गर्नका लागि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको झर्नासागर युवा समाजका संयोजक रामसिंह विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिवरात्रीको अवसरमा भाङ, धतुरो खाएर मनाउनुभन्दा लोक साँस्कृति कार्यक्रम गरि मनाउन लागिएको हो ।
‘हाम्रो संस्कृतिको रक्षा हामी युवाहरुले गर्नुपर्छ, त्यसैले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।’, उनले भने ।
साँस्कृतिक कार्यक्र्ममा सुदूरको लोक संस्कृति झल्कने नृत्य लगायत विविध लोक संस्कृति झल्कने नाटक, गित समेत प्रस्तुत गरिनेछन् ।
कार्यक्रममा स्वागत मनत्व्य दिने वक्ताहरुले सुदूरको लोक संस्कृति संस्कारको संरक्षण गर्न यस्ता जनचेतनामुलक कार्यक्र्म हुनुपर्नेमा जोड दिएका छन् । झर्नासागर युवा समाजका अध्यक्ष डम्बर भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसका प्राध्यापक जनक थापा प्रमुख अथिती रहनुभएका थिए ।
समाजका पुजा बोहरा र संयोजक राम सिह विष्टले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमा दक्षिणी क्षेत्रमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया