
काठमाडौँ, ३१ जेठ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कैलालीको टिकापुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शुक्रबारदेखि सञ्चालनमा आएको कैलालीको टिकापुर नगरपालिका–१ स्थित टिकापुर शाखाको नगरपालिकाका मेयर टपेन्द्र बहादुर रावलले उद्घाटन गरे ।
कार्यक्रममा मेयर रावलले प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।
साथै, टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवाउ पभोग गर्ने अवसर मिल्ने बताए ।
टिकापुर शाखासमेत गरी बंैंले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गरिरहेको छ ।
आजदेखि सञ्चालनमा आएको बैंकको टिकापुर शाखा कार्यालयबाट सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया