
ललितपुर, ५ फागुन । शिक्षा क्षेत्रका सरुवा वढुवा तथा सम्बन्ध दिने विषयले विवादमा तानिएकी शिक्षामन्त्री चित्रालेखा यादव आजभोली नरम रुपमा प्रस्तुत हुन थालेकी छिन् ।
नेपाली कांग्रेसबाट शिक्षा मन्त्री बनेकी नेपाल सरकारकी शिक्षा मन्त्री चित्रालेखा यादव बेला बेला राम्रो कुरा बोल्ने गर्छिन् ।
तर किन राम्रो बोल्दैछिन् भन्ने थाहा पाउन जरुरी छ । ललितपुरको ग्रामीण क्षेत्रमा पर्ने इकुडोलस्थित विज्ञानप्रभा निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सोमबार उद्घाटन गर्दै शिक्षा मन्त्री नरम तवरबाट भाषण गरिन् ।
तीनदिनसम्म सञ्चालन हुने स्वर्ण जयन्तीको उद्घाटन गर्दै शिक्षामन्त्री चित्रलेखा यादवले देश विकासका लागि शिक्षाको अत्यन्त महत्व रहेको बताईन् । उनले हरेक नागरिकले आफ्नो अधिकार प्राप्तिका लागि शिक्षा हासिल गर्नुपर्नेमा जोड दिइन्।
शिक्षाको ज्योति सहर केन्द्रित मात्र नभई गाउँगाउँ पुर्याउनु अति आवश्यक रहेको उल्लेख गर्दै यसका निमित्त मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता शिक्षामन्त्री यादवले व्यक्त गरेकी थिईन् ।















प्रतिक्रिया