४ कार्तिक २०८३, बुधबार

नेपाली चित्रकारले देखाए भारतमा कला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० जेठ । नेपाली जलरङकर्मीले भारतको कोलकातामा कला प्रस्तुत गरेका छन् । भारतको कोलकातामा भएको ‘अन्तर्रा्ष्ट्रिय कला कार्यशाला’मा सहभागी भएका नेपाली चित्रकारले चित्रकलामार्फत नेपाली मौलिक संस्कृतिका साथै स्थलगतरुपमा चित्रकला प्रस्तुत गरेका थिए ।

भारतको कोलकातास्थित ताजपुरमा जेठ अन्तिम साता भएको उक्त कार्यशालामा विभिन्न देशका ७० कलाकारले सिर्जना प्रस्तुत गरेका थिए । कार्यशालामा नेपाललगायत भारत र बङ्गलादेशका जलरङकर्मीको सहभागिता रहेको थियो ।

नेपाली चित्रकार केशवराज खनालले काठमाडौँ उपत्यकासहितको सुन्दर प्राकृतिक सौन्दर्यलाई चित्रमा उतारेर भारतमा प्रदर्शन गर्नुभएको थियो । पर्यटन प्रवद्र्धनका लागि विदेशी कलाकारसामु काठमाडौँको मौलिकता र स्थानीय रहनसहन तथा प्राकृतिक सौन्दर्य पस्किएको खनालले बताउनुभयो ।

खनालको नेतृत्वमा गएका कलाकार कृष्णगोपाल श्रेष्ठ, रवीन्द्र मानन्धर, मनोज तामाङ, गोपाल दराई, रसिक राई र छवाङ लामाले भारतमा कला प्रस्तुत गर्नुभएको थियो । प्रतियोगितात्मक सो कार्यशालामा नेपाली कलाकार श्रेष्ठले स्पेशल अवार्ड र गोपाल दराईले बेष्ट फाइभ अवार्ड प्राप्त गर्नुभएको थियो ।

नेपालका कलाकार खनाल, भारतका प्रविनकुमार, मोमिता घोष र बङ्गलादेशका कौशर हुसैनले सहभागीमाझ मौलिक कला प्रस्तुत गर्नुभएको थियो । कार्यशालाले विदेशी कलाकारमाझ नेपाली मौलिक कला र संस्कृतिबारे प्रचारप्रसार गर्न पाएकामा खुशी व्यक्त गर्दै कलाकार मनोज तामाङले यस्ता कार्यक्रम नेपालमा आयोजना गरेर कला पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कलाकार तथा कार्टुनिष्ट रवीन्द्र मानन्धरले कलामार्फत नेपालको मौलिक संस्कृतिलाई अन्तर्रा्ष्ट्रियरुपमा प्रचारप्रसार गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो । –रासस