
काठमाडौँ, ३० जेठ । गुठी विधेयकको विरोधमा काठमाडौंबाट सुरू आन्दोलनले विशाल रुप लिएको छ । स्थानीय गुठियारहरूको अगुवाइमा चलेको आन्दोलनका क्रममा बिहीबार पाटनको मंगलबजारमा विशाल जनप्रदर्शन भयो । साँझ मंगलबजारबाट सुरू जुलुसले पाटनका विभिन्न टोल परिक्रमा गरेको थियो ।
पाटनको कृष्णमन्दिर बाट सुरु भएको जुलुस सुन्धारा हुँदै पुनः कृष्ण मन्दिर परिसरमा आएर सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले गूठी विधेयक फिर्ता लिन माग गरेका छन् ।

यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन् ।
यसअघि काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको थियो । गुठियारहरूले भने मन्त्रालयको विज्ञप्तिलाई भ्रमपूर्ण भन्दै आन्दोलन चर्काउने निर्णय गरेका छन् ।












प्रतिक्रिया