
कैलाली, ३० जेठ । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कैलालीको अत्तरियामा स्थापना गरि कारोबार सञ्चालनमा ल्याएको छ ।
गोदावरी नगरपालिका १ स्थित शाखाको गोदावरी नगरपालिका मेयर हरि सिंह साउँदले उद्घाटन गरे ।
कार्यक्रममा साउँदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।
बिहीबारदेखि सञ्चालनमा आएको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
साथै, यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया