हेटौँडा, ५ फागुन । काठमाडौँबाट वीरगन्जतर्फ गइरहेको गाडी चलाइरहेका चालकले युवतीतर्फ ध्यान लगाउँदा एक युवकले ज्यान गुमाएका छन् ।
काठमाडौँबाट वीरगन्जतर्फ गइरहेको ना५ख ६३९२ नं को ट्रकले हेटौँडा–नारायणघाट सडकखण्डको तीनताप्केमा रोकिराखेको लु१ख ४१५ नं को ट्रकलाई मंगलबार बिहान ठक्कर दिँदा ट्रकका सहचालकले संसार छाडेका हुन् ।
ट्रकका चालकले आफ्नो ध्यान युवतीमाथि लगाउँदा घटना भएको प्रहरीको अनुमान छ ।
ना५ख ६३९२ नं को ट्रकका सहचालक काठमाडौँ जिल्ला तीनथाना–३ बस्ने २७ वर्षीय कमल कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने ट्रकका चालक सोही वडा बस्ने ३० वर्षीय राजन खड्कालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया