२ कार्तिक २०८३, सोमबार

श्रीमानले जबरजस्ती गर्दा युवतीले गरिन् झुन्डिएर आत्महत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexual

लहान, ५ फागुन । सिरहाको मिर्चैया नगरपालिकामा गएराति एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् ।

घरमा कोही नभएको अवस्थामा राति करिब ९ बजे मिर्चैया नगरपालिका १० निवासी गणेशलाल साहकी श्रीमती २८ वर्षीया जमुना साहले आफ्नै घरको भर्‍याङमाथि झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पासो लगाई झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँले श्रीमानले यौनसम्बधका लागि जबरजस्ती गरेकाले आत्महत्या गरेको हुन् सक्ने आशंका गर्नुभयो ।

शवपरीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो ।