२ कार्तिक २०८३, सोमबार

कृषि उपज सङ्कलन केन्द्र नहुँदा किसानलाई समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, ५ फागुन । जिल्लाको कुञ्जो गाविसमा कृषि उपज सङ्कलन केन्द्र नहुँदा किसान समस्यामा परेका छन् ।

आफूले उत्पादन गरेका तरकारी, फलफूल, आलुलगायत अन्नबाली बजार पु-याउन नपाउँदै कुहिएर जाने समस्या उत्पन्न भएको किसानको गुनासो छ ।

जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदल दूरीमा पुग्ने कुञ्जो गाविसमा स्याउ, तरकारी र स्याउको उत्पादन राम्रो हुन्छ ।

आफ्नो क्षेत्रमा उत्पादन भएको कृषि उत्पादनले बजार नपाउँदा समस्या भएको अगुवा किसान टेकबहादुर थकालीले बताउनुभयो ।

गाविसमा नौवटै वडामा आलुको उत्पादन राम्रो हुन्छ ।

“सडक खनिएको भए पनि भरपर्दो छैन, एकदुई दिन घरमा राख्दा पनि कुहिन्छ, त्यसैले सङ्कलन केन्द्र आवश्यक छ”–थकालीले भन्नुभयो–“यस विषयमा जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराएका छौँ ।”

मार्फा र कोबाङमा सङ्कलन केन्द्र रहे पनि आफूहरुलाई त्यहाँ बोकेर जान टाढा भएको अर्का किसान पृथबहादुर थकालीले बताउनुभयो ।

“एकै ठाउँबाट बजारमा लैजाँदा मूल्यमा एकरुपता आउँछ, बराबर फाइदा हुन्छ”–थकालीले भन्नुभयो ।

कुञ्जोसँगै मार्फा, लेते, कोबाङ, जोमसोम क्षेत्रमा तरकारी, आलु र स्याउको उत्पादन राम्रो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यी क्षेत्रलाई आलु उत्पादनको दृष्टिले पकेट क्षेत्र घोषणा गर्न लागिएको छ ।

गाउँ विकास समितिमा यस विषयमा पटक–पटक जानकारी गराए पनि आफूहरुको माग सुनुवाइ नभएको गुनासो थकालीको गुनासो छ ।

कुञ्जो, मार्फालगायत क्षेत्रमा उत्पादित कृषिजन्य उपज लेते, घासा, जोमसोमलगायत क्षेत्रमा खपत हुने किसानले जानकारी दिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले यस वर्ष कुञ्जोमा सङ्कलन केन्द्र निर्माणका लागि रु ६ लाख बजेट विनियोजन भएको बताउनुभयो ।