काठमाडौं, २९ जेठ । नेपाल मैदा संघले आटाको मूल्यमा ६ रुपियाँले वृद्धि बढाउने निर्णय गरेको छ ।
संघले पत्रकार सम्मेलन गरी आटाको मूल्य बढाउने निर्णय भएको जनाएको हो ।
संघले सरकार चालू आर्थिक वर्षदेखि दैनिक जीवनमा अत्यावश्यक खाद्यवस्तुको मूल्यमा वृद्धि गरेपछि अरबौँको लगानी रहेका ३८ वटा स्देशी मैदा उद्योगहरू जेखिममा पर्ने समेत जनाएको छ।
स्वदेशमै आत्मनिर्भर भइसकेको आटा जस्तो खाद्य वस्तुमा यसरी करको भार थपिदिदा वैद्य र अवैद्य आयातले प्रोत्साहन पाउने निश्चित रहेको कम्पनीले जनाएको छ।
सरकारले देश खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि व्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले थप चुनौतीको सामना गर्नु परिरहेको उनीहरूको ठहर छ ।
यसका साथै मैदा उद्यमीहरू निरुत्साहित बन्नुका साथै सरकारी नीतिका कारण अबका केही वर्षमा खाद्य उद्योगहरु बन्द गर्नु बाहेर अरु विकल्प नरहेको कम्पनीले जनाएको छ ।
सर्वसाधारण र न्यून आयस्तर भएका मानिसले समेत दैनिक खाद्यान्नको रुपमा आटामा मूल्य अभिवृद्धि कर लागेको छ । सो करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने हुदाँ सरकारले यस तर्फ ध्यान दिन जरुरी भएको संघको अपेक्षा छ ।















प्रतिक्रिया