२ कार्तिक २०८३, सोमबार

घुम्ती शिविरमार्फत स्रेस्ता कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ५ फागुन । मालपोत कार्यालय स्याङ्जाले द्वन्द्वका समयका जलेका जग्गाधनी स्रेस्ताहरु अब जग्गाधनीलाई उनीहरुकै गाविसमा पुगेर उपलब्ध गराउने भएको छ ।

कार्यालयद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा मालपोत कार्यालय प्रमुख शालिकराम अर्यालले सो कुराको जानकारी दिनुभएको हो ।

२०५८ मङ्सिर ८ गते तत्कालीन द्वन्द्वरत नेकपा माओवादीद्वारा स्याङ्जा सदरमुकाम आक्रमण गर्दा मालपोत कार्यालयमा रहेका जग्गाधनी प्रमाणपत्र जलेर नष्ट भएपछि स्थानीयवासीलाई सहज रुपमा सेवा उपलब्ध गराउन गाविसमा पुगेर स्रेस्ता कायम गर्न लागिएको मालपोत कार्यालय प्रमुख शालिकराम अर्यालले बताउनुभयो ।

आगजनी जिल्लाका ४१ गाविसमध्ये घुम्ती शिविरमार्फत यस वर्ष २४ गाविसको स्रेस्ता कायम गर्ने लक्ष्य कार्यालयको छ ।

स्रेस्ता कायमका लागि कर्मचारीका समूह बनाएर फागुन १६ गतेदेखि गाविसमै पुगेर स्रेस्ता कायम गर्ने तयारी भइरहेको लेखा अधिकृत अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।