लण्डन, २५ जेठ । इडेन हजार्ड रियल मड्रिडमा आबद्ध भएका छन् । चेल्सीमा रहेका हजार्डलाई मड्रिडमा १५० मिलियन स्टर्लिङ पाउण्डमा आबद्ध गरिएको हो । हजार्डले पाँच वर्षका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हजार्डसँगको सम्झौता १३ जुनदेखि लागू हुने छ । बेल्जियमका लागि २०१२ मा डेब्यू गरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा ११० गोल गरेका छन् ।
त्यस्तै चेल्सीलाई उनले २ पटक प्रिमियर लिगको उपाधि जिताएका छन् । हजार्डलाई म्यानचेस्टर युनाइटेडले पनि भित्र्याउन चाहिरहेको थियो ।















प्रतिक्रिया