४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ बैंकद्वारा व्यवसायिक साक्षरता तालिम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले ‘आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता’ भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाडौँमा सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, वस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यवस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयवस्तुहरु समावेश गरिएको थियो । तालिममा बैंकसँग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

बैंकले आयोजना गरेको तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाडौँबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंकले व्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीहरुलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसायोग्य रहेको साथै तालिम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११९ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।