काठमाडौं, ४ फागुन । गैरसरकारी संस्था महासंघले जिल्ला प्रशासन कार्यालय रोल्पामा विभिन्न माग राख्दै सोमबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्थानिय विकास अधिकारीले अधिकार खोजेर एकाधिकारी बन्न खोजेको भन्दै गैसस महासंघ रोल्पाले तत्काल निर्णय सच्याउन माग गरेको हो । अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
जिल्ला विकास समितिको कार्यालय रोल्पाबाट सञ्चालन हुने कार्यक्रममा २० प्रतिशत रकम आफुलाई वुझाउन स्थानिय विकास अधिकारी दिर्घ वहादुर पोख्रेलले मातहतका कर्मचारीलाइ निर्देशन दिएको र सुआहारा परियोजना सञ्चालनका लागि सेवा प्रदायक संस्थाको छनौटका क्रममा आर्थिक लेनदेन गरी संस्था छनौटमा प्रभावित पारेकोे भन्दै गैसस महासंघले सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउन पत्र बुझाएको हो ।
‘फागुन १ गतेको दिन गैसस महासंघको आयोजनामा जिल्ला स्थित राजनैतिक दल, पत्रकार, नागरिक समाज, उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाको उपस्थितीमा छलफल कार्यक्रमको आयोजना गरिएको र उक्त विषयमा भएको छलफलका विषयमा जानकारी गराउदै अनियमित गर्ने माथि चाडै छानविन गर्न र कडा कारवाही गर्न ध्यानाकर्षण गराइएको हो ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सम्वन्धित निकायवाट कारवाहीका सम्भावना नदेखिएमा दवावमुलक कार्यक्रमहरु चरणवद्ध रुपमा सन्चालन गर्ने गैसस महासंघ रोल्पाले जनाएको छ ।















प्रतिक्रिया