ललितपुर, ४ फागुन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिपक्षी दलहरुले सहमतिको नाममा देशमा द्वन्द्व मच्चाउन खोजेको आरोप लगाउनुभएको छ ।
आन्दोलनको नाममा संविधान बन्न नदिने षडयन्त्रमा लागेका एमाओवादी र मधेसवादी दलहरुले संघिण्तामा जातिय राज्यको विषय उठाएर देशलाई द्वन्द्वमा लैजान तत्पर छ भन्नुभयो ।
उहाँले नेपाल विद्यार्थी सङ्गठनको अधिवेशन पटक-पटक रोकिनु दुर्भाग्य भएको बताउभयो ।
नेपाल विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस इकाइको २६ औँ अधिवेशनको सोमबार उद्घाटन गर्दै नेता कोइरालाले वर्तमान नेपाली राजनीतिप्रति संकेत गर्दै एनेकपा माओवादी र मधेसवादी दलले देशलाई जातीय द्वन्द्वमा लान खोजेको आरोप लगाउनुभयो ।
उहाँले जतिसक्दो चाँडो संविधान बनाएर देशलाई आर्थिक समृद्धितर्फ बढाउनुपर्नेमा जोड दिनुभयो । नेविसङ्घका पूर्व अध्यक्ष केशव सिंहले नेपाली काँग्रेसले आफ्नो भ्रातृ सङ्गठनलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।















प्रतिक्रिया