१० कार्तिक २०८३, मंगलबार

एमाओवादीको मन भड्किदाँ देशमा शान्ति हुन सकेन : खिलराज रेग्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khil-Raj-Regmiकाठमाडौँ, ४ फागुन । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले देशमा शान्ति कायम हुनु पहिले व्यक्तिको मन शान्त हुनुपर्ने बताउनुभएको छ ।

एकीकृत नेकपा माओवादीतर्फ संकेत गर्दै भन्नुभयो–‘केही दलहरुको मन भड्किएको छ, जसले देशमा पूर्ण शान्तिको अनुभूति हुन सकेको छैन् ।’

महाशिवरात्रिको पूर्वसन्ध्यामा आज ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बानेश्वरले यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष रेग्मीले भन्नुभयो, “व्यक्तिको मन शान्त भएपछि परिवार शान्त हुन्छ, परिवार शान्त भएपछि समाज शान्त हुन्छ, समाज शान्त भएपछि राजनीति शान्त हुन्छ अनि देश शान्त हुन्छ र देशपछि विश्व शान्ति कायम हुन्छ ।”

कार्यक्रममा पूर्व क्षेत्रीय प्रशासक टीकाराम शर्मा अर्याल, पूर्व सचिव हरिप्रसाद नेपाल, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक ब्रह्मकुमारी राजदिदी, सनातन धर्म सेवा समितिका अध्यक्ष शिला पन्त र केन्द्रका रामसिंह एैर लगायतले देशमा शान्ति कायम गर्न प्रत्येक व्यक्ति शान्त हुन आवश्यक छ भन्नुभयो ।