भरतपुर, २३ जेठ । चितवनको भरतपुरमा हुने पाचौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरू हुँदै छ ।
एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको सबै तयारी पूरा भएको छ । क्लबका अध्यक्ष अध्यक्ष अशोक देवकोटाले खेलको विकास र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति प्रत्येक वर्ष च्याम्पियनसिप आयोजना गरिदै आएको बताए ।
जुनियर अधिकृत शिक्षालय प्रहरी तालिम केन्द्रको खेल मैदानमा ३ः३० बजे नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगत बिश्वकर्माको प्रमुख आतिथ्यतामा उद्धघाटन गर्ने कार्यक्रम रहेको एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए ।
प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०–१० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपियाँ प्रदान गरिनेछ । असार ७ गतेसम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन रहेको छ ।
पुरस्कारका लागि पाँच लाख ६० हजार रुपियाँ छुट्याइएको छ । प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रतिखेल पाँच हजार रुपियाँका दरले यातायात खर्च प्रदान गरिनेछ ।















प्रतिक्रिया