४ कार्तिक २०८३, बुधबार

काठमाडौँको ठमेलमा कामना सेवाकोे ८७औं शाखा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौँ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा बिहीबार आफ्नो ८७ औँं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैँकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे । कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा, संचालक चतुराखर अधिकारीले बैंकले द्रुत गतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखे ।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारे ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तर शाखा कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जनाएको छ ।