२९ आश्विन २०८३, बिहिबार

भारतमा स्वाइन फ्लूको विगविगी, ५ सयको मृत्यु, नेपाल उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor

नयाँदिल्ली, ४ फागुन । भारमा यसै वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको स्वाइन फ्लूबाट मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी सन् २०१४ भरमा यस रोगबाट एक हजार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

भारतको पश्चिमी राज्य गुजरातमा ११ व्यक्तिको ज्यान गएको छ । पश्चिमी राज्य राजस्थानमा यस रोगको भीषण आक्रमणपछि यस वर्षको सुरुदेखि हालसम्म ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

भारतमा करिब डेढ महिनायता छ हजार ३०० जनामा यो रोग देखापरेको बताइएको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयका सचिव एके पान्डाले सञ्चार माध्यमलाई यस रोगका कारण डरलाग्दो स्थिति नभएको रोगका प्रशस्त औषधि उपलब्ध रहेको जनाउनुभएको छ ।

सन् २०१४ मा ९३७ व्यक्तिमा यो रोग देखापरेको र त्यसमध्ये २१८ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार जनाएअनुसार यस वर्षको सुरुदेखि यही फ्रेबुअरी १२ सम्ममा देशभरी यस रोगबाट ४८५ व्यक्तिले ज्यान गुमाएका छन् ।

राजस्थान र गुजरातमा यस रोगबाट भीषण आक्रमण भएको र माहाराष्ट्र मध्य प्रदेश तेलङ्गानामा उल्लेखनीय सङ्ख्यामा सो रोगबाट प्रभावित भएको जनाइएको छ ।