
काठमाडाैँ, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको नेताहरुले बताएका छन् ।
मंगलाबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाइएको हो।
कार्यविभाजनमा सहमति जुटाउन शिर्ष नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । बैठक अघि नै एककिसिमको सहमितमा पुग्नका लागि बिहान बोलाइएको सचिवालय बैठकसमेत मध्यान्हसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन । यसअघि लगातार दुई दिन बसेको सचिवालयको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष भन्दा बढि भएपनि त्यसले पूर्णता पाउन सकेको छैन ।















प्रतिक्रिया