
महेन्द्रनगर, ४ फागुन । कञ्चनपुरमा एक युवती सामुहिक बलात्कारको सिकार भएकी छिन् । कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती २२ वर्षिय युवतीलाई ८ जनाले सामुहिक बलात्कारमा गरेका हुन् ।
साथीले बोलाएपछि जंगल गएकी उनलाई जंगलमै एकान्त ठाउँमा लगी ८ जनाले जबरजस्ती बलात्कार गरेको पीडित युवतीका परिवारले जनाएका छन् ।
विहान क्याम्पसबाट फर्किएकी युवती अबेरसम्म घर नआएको भन्दै परिवार खोज्न जादा उनलाई जंगलमा नाङ्गै फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बलात्कार भएको पुष्टि भएको जनाएको छ ।
तर, कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डिएसपी अभिनारायण काफ्लेले सामुहिक बलात्कार नभएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन् ।
सामुहिक बलात्कारमा परेकी ती युवतीलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ ।















प्रतिक्रिया