७ कार्तिक २०८३, शनिबार

पूर्वमाओवादी समूहको समस्याले पोलिटब्युरो गठन टर्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ जेठ । साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने गरी पोलिटब्युरो गठनको भागबन्डा टुंगिएर सूचीसमेत तयार भइसकेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

तर, सचिवालय बैठकबाट टुंग्याउन प्रस्ताव गरिएको सूची बाहिरिएपछि दबाब महसुस गरेका अध्यक्ष प्रचण्ड पूर्वमाओवादी समूहमा मिलाउन समस्या भएको भन्दै पहिले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नुपर्ने पक्षमा उभिएका थिए ।

आइतबार र सोमबारको छलफलमा प्रचण्डले पूर्वमाओवादीभित्रको समस्या खुलेर राखेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि ‘कन्भिन्स’ भएको स्रोतले जनाएको छ ।

पूर्वमाओवादीको ९९ सदस्यीय सचिवालयबाट पोलिटब्युरो छान्दा अहिले केन्द्रीय कमिटीमा रहेका ३३ जना नेता बाहिर पर्ने र त्यसले असन्तुष्टि जन्माउने खतरा देखिएपछि प्रचण्ड तत्काल पोलिटब्युरो गठनको विपक्षमा उभिँदै आएका थिए ।

पूर्वएमालेबाट भने साबिक ५९ जना पोलिटब्युरो सदस्यबाहेक २२ जना नयाँ अनुहार कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्ये सिनियरहरूबाट सूची तयार भएको थियो ।