४ कार्तिक २०८३, बुधबार

कोलम्बियासँग पानामा ३–० ले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ जेठ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ । कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।

कोलम्बियाको बोगटास्थित रंगशालामा भएको खेलमा घरेलु टिमको जितमा विलियन टेसिल्लो, लुइस मुरेल र रामाडेल फाल्काओले एक–एक गोल गरे ।

छैटौं मिनेटमा इड्विन कार्डोनाको फ्रिकिकलाई टेसिल्लोले हेड मार्फत गोल गरेका थिए । ३८औं मिनेटमा मुरियलले गोल गर्दै कोलम्बियाको अग्रता २–० मा लम्ब्याए । ४५औं मिनेटमा फाल्काओमाथि फल भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पायो ।

यो पेनाल्टीलाई फाल्काओले गोलमा परिणत गर्दै पहिलो हाफअघि नै कोलम्बियालाई ३–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा कोलम्बियाले सहज जित निकाल्यो ।