४ कार्तिक २०८३, बुधबार

सन्ध्या भन्छिन्– न भुल्न सकें, न पाउन सकें

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । रहरहरूको पोको ढिलै भए पनि खोल्न पाएकोमा गदगद छिन्, सन्ध्या पौडेल । जीवनमा उनको ठूलो रहर थियो– गायक बन्ने । त्यो रहरलाई थाँती राखेर बनिन्– जिम्मेवार पत्नी, कुशल आमा । दुई सन्तान हुर्किएपछि उनले रहरलाई परिणाम दिएकी छन्, गायक बनेर ।

१२ बर्षदेखि बेलायतमा बस्दै आएकी पौडेल भन्छिन्,‘गीत गाउने सानैदेखिको रहर हो । यसलाई मेरो प्यासन भन्दा पनि हुन्छ ।’ अध्ययन, काम र व्यस्तताकाबीच उनको गीत रेकर्ड पनि भयो । त्यसको म्युजिक भिडियो, बेलायतमै बनी रिलिज पनि भएको छ ।

जे सागरको शव्द, आशीश राजको संगीत भरिएको गीतको म्युजिक भिडियो आएको सुनाउँदै पौडेल थप्छिन्,‘गायकी निखारीने चिज हो । जीवनको मध्यतिर आएर मैले गायन थालेकी छु, यसलाई निरन्तरता दिँदै अगाडि बढाउने छु ।’

आशीश राज र राजेन्द्र पौडेलको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा प्रसुना कँडेल, रोश्ना कार्की र बिकेस राज बस्नेतको अभिनय रहेको छ ।