
काठमाडौँ, २० जेठ । एनआईसी एशिया बैंकले झापाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आफ्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।
केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरे उद्घाटन गरे ।
यसैगरी, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले उद्घाटन गरे ।
बैंकले देशभर रहेका २८४ शाखा कार्यालय, २८९ एटिएम, ४२ वटा एक्सटेन्सन काउण्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।
बैकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब रू. १६९ अर्ब र कुल कर्जा करिब रू. १४४ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गरेको छ ।















प्रतिक्रिया