
काठमाडौँ, २० जेठ । प्रभु बैंक लिमिटेडले काठमाडौँको बल्खु र दाङको लमहीमा शाखा विस्तार गरेको छ ।
आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखाको औपचारिक सुरुवात गरेको हो ।
बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरे ।

यीशाखाहरु समेत गरी बैंकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटीम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
आजदेखि सञ्चालनमा आएका बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया