
काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णयपनि आज सार्वजनिक गरिएको हो ।
त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित बरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए ।















प्रतिक्रिया