
काठमाडौँ, जेठ १६ गते । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना अन्तर्गत बम्पर विजेताको घोषणा गरिएको छ । नेपालगञ्जका श्यामलाल थारुले बम्पर जित्न सफल भएका छन् ।
कुपन नं २०६४ का थारुले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरु प्राप्त गरेका छन् । यस योजनामा विजेता बन्न सफल श्यामलाल थारुलाई हार्दिक बधाईसहित उपहार प्रदान गरिएको छ । हरेक पन्ध्र दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिन्छ ।
यस अघि बम्पर विजेताको रुपमा पोखराको न्यूरोडका रबिन कुमार विकले बम्बर जित्न सफल भएका थिए । योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिन्छ ।
साथै, यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम रु.१०००० देखि रु.१ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।
यो योजना महिन्द्राका टूह्वीलरको खरिदमा नेपाल अधिराज्य भर सञ्चालित भइरहेको छ । लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिदै आएको छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वर्क्स प्रालि रहेका छन् ।















प्रतिक्रिया