४ कार्तिक २०८३, बुधबार

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलाको साढे ६१ हजार पुग्यो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १९ जेठ । सुनको भाउ पछिल्ला दिनमा निरन्तर उकालो लागको छ । २ दिनमा सुनको मूल्य २ हजार रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सुक्रबार १५ सय रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज आइतबार भने ५ सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बढ्नुको मूख्य कारण बजेट भाषणपछि सुन आयातमा बढेको भन्सारदर भएको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनको भनाइ छ।

महर्जनका अनुसार बजेट भाषण हुनुभन्दा अगाडि १ किलो सुनको भन्सार शुल्क ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो भने बजेटपछि १ किलो सुनको भन्सार मूल्य ५ लाख रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्नुका अन्य कारणमा अन्तर्राष्टिय बजारमा सुनको मूल्यमा भएको बृद्धि, सुनचाँदी जस्ता बहुमूल्य घातुलाई बैंकलकरमा राख्दा पुँजी बराबर ब्याज पाउने नयाँ ब्यवस्था लगायत भएको महर्जनले सेतोपाटीलाई जानकारी दिए।

चाँदीको मूल्य भने २ दिनमा १० रुपैयाँमात्रै बढेको छ। बिहीबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।