
काठमाडाैँ, १९ जेठ । यति एयरलायन्सको नयाँ प्रबन्ध निर्देशक (एमडी) मा चन्दा शेर्पा नियुक्त भएकी छन् । उनी यति एयरलायन्सका मालिक स्वर्गीय आङछिरिङ शेर्पाकी पत्नी हुन् ।
शेर्पाको गत फागुन १ ५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । पर्यटन र उड्ययन क्षेत्रमा रहेको शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला भन्ने जिज्ञासा थियो।
यति एयरलायन्सले केहीदिनअघि स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । एयरलायन्सको अध्यक्षमा लाक्पा सोनाम शेर्पा थिए । उनी आङछिरिङका दाइ हुन् ।
अहिले पनि सोनाम अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ । विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन । उनले यति समूहको विभिन्न पदमा रहेर काम गरिरहेकी थिइन् ।















प्रतिक्रिया