१ कार्तिक २०८३, आइतबार

आफन्तलाई जानकारीनै नदिइ प्रहरीले शव जलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeइटहरी, ४ फागुन । प्रहरीले आफन्तलाई जानकारीनै नदिई बसको ठक्करले मृत्यु भएका एक युवकको शब जलाएको खुलेको छ।

इटहरी प्रहरीले रिक्सामा हिडिरहेको बेला यात्रुबाहक बसको ठक्करबाट मारिएका ओखलढुंगा, वरुणेश्वरका भीमबहादुर कार्कीको शब जलाएको हो।

माघ १६ गते बेलुका २०७४ नम्बरको रिक्सामा इटहरी चोकतर्फ आउँदै गरेका भीमबहादुरलाई विराटनगरबाट धरानतर्फ आउँदै गरेको मे १ ख १५३६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।

उनी स्थानीय ओमप्रकाश रायको रिक्सा दैनिक सय रुपैयाँ भाडा तिरेर चलाउँथे।

बसको ठक्करबाट घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारकोक्रममा मृत्यु भएको थियो।

प्रहरीले आफन्तनै नखोजी ४ दिनपछि आफैंले शब जलाएको नागरिक दैनिकले छापेको छ ।

प्रचलित कानुन अनुसार कुनै मृतकको परिचय नखुले ३५ दिनसम्म शब सुरक्षित राख्ने र सो अवधीमा समेत फेला नपरे जिल्ला प्रशासन कार्यालयको अनुमतीमा प्रहरीले स्थानीय प्रशासनको रोहबरमा शब जलाउन सक्ने प्रावधान छ।

तर, इटहरी प्रहरीले आफन्तनै नखोजी घटनाको ४ दिनभित्रै हतारमा शब जलाएकाले घटनालाई रहस्यमय बनाएको छ।

मृतकका दाजु चक्र कार्कीका अनुसार प्रहरीले शब जलाएपछि मात्रै परिवारलाई जानकारी गराएको थियो।

कार्कीका अनुसार बसले ठक्कर दिँदा घाइते भएका भिमलाई पुन फर्किएर किचेर मारेको प्रत्यक्षदर्शीले बताएको जानकारीदिँदै बस व्यवसायीसँग मिलेर प्रहरीले शब जलाएको दावी गरे।

‘अरू कुनै कारण हुन सक्दैन, प्रहरीले बस सञ्चालकको दबाबमा परेर परिवारलाई थाहै नदिई शब जलायो’ उनले भने।

चक्रका अनुसार प्रहरीले घटनाको ६ दिनपछि माघ २२ गते इटहरी–२ मा बस्दै आएका काका भरत कार्कीलाई घटनाबारे जानकारी गराएको थियो।