१ कार्तिक २०८३, आइतबार

प्रहरीको राशनमा ठगी गरे विभागीय कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, ४ फागुन । प्रहरी प्रधान कार्यालयले  रासन वापतको रकममाठगी नियन्त्रण गर्न निर्देशिका कार्यान्वयनमा ल्याएको छ।

रासन वापत दाल चामल लगायतका सामाग्रिनै दिँदा अनियमितता बढेपछि प्रतिब्यक्ति रकमनै दिने निर्णय कार्यान्वनयमा आएपछि संगठनले बदमासी रोक्न निर्देशिका बनाएको हो।

समूहगत रुपमा खटिने कर्मचारीका हकमा प्रति कर्मचारी रासन वापत आउने रकम संकलन गरी मेस सञ्चालन गर्दा हुनसक्ने बदमासी रोक्न राशन व्यवस्थापन निर्देशिका–२०७१ कार्यान्वयनमा ल्याएको हो।

निर्देशिकामा राशन वापत आउने रकम संकलन गरी हिनामिना गरे विभागिय कारवाहीको व्यवस्था गरिएको हो।

क्षेत्रगत रुपमा खटिने प्रहरी कर्मचारीलाई आवश्यक पर्ने दैनिक क्यालोरिको मात्रा तोक्दै निर्देशिकाले त्यसमा गडबड गर्ने कर्मचारीका लागी विभागिय कारवाहीको प्रवन्ध गरेको नागरिक दैनिकले छापेको छ ।

निर्देशिका अनुसार तराई र उपत्यकामा खटिने कर्मचारीका लागी दैनिक ३ हजार ६ सय, तराईका लागी ३ हजार ८ सय र हिमाली क्षेत्रमा खटिने कर्मचारीका लागी ४ हजार १ सय क्यालोरी तोकिएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले जानकारी दिए।

निर्देशिका अनुसार राशन रकमको हिनामिना वा लापरवाही र दुरुपयोग गरी अनुचित लाभ लिएको र खर्च आम्दानीको अभिलेख दुरुस्त नराखेको पाइएमा कार्यालय प्रमुख, मेस समिति र मेस व्यवस्थापक अधिकृत जवाफदेही हुनेछन्।

मेसप्रति चित्त नबुझे सम्बन्धित कार्यालय वा माथिल्लो कार्यालयमा उजुरी गर्ने र सोको छावनीनमा दोषी देखिए विभागिय कारवाहीको व्यवस्था गरिएको छ।

विभागिय कारवाहीमा सचेत पार्नेदेखी निलम्बनसम्मको प्रावधान छ।