सिन्धुपाल्चोक, १५ जेठ । सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ ।
०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।
चीन र नेपाली पक्षले सिमानामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको छ ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नि सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागितामा तातोपानी नाका खोलिएको छ ।
चीनबाट उन बोकेर आएका ४ वटा ट्रकलाई रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको छ ।















प्रतिक्रिया