
काठमाडौँ, १५ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौँबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरे ।
बैंकले देशभर रहेका २८४ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।
बैकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल निक्षेप करिब रू. १६९ अर्ब र कुल कर्जा करिब रू. १४४ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गरेको छ ।















प्रतिक्रिया