
काठमाडाैँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड बजेट छुट्याएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड बिनियोजन गरेको जानकारी गराएका हुन् ।
चालु आर्थिक वर्षको तुलनामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले झन्डै दोब्बर बजेट विनियोजन गरेको हो । गाउँगाउँमा युवाहरुलाई आफ्नो गाउँ आफैँ बनाउँ अभियान सुरु गरी आन्तरिक रोजगारीका अवसर सिर्जना गरिने जनाइएको छ ।
नेपाली श्रम बजारमा हरेक वर्ष ५ लाख दक्ष जनशक्ति आउने गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ३ अर्ब १० करोड रुपैँया बजेट विनियोजन गरेको थियो।















प्रतिक्रिया